मोरङ । चट्याङका कारण मोरङमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार रङ्गेली नगरपालिका हाटखोला १ का ३० वर्षीय प्रविन माझीको बिहान करिब ९ बजेर ३० मिनेटमा चट्याङ लागेर मृत्यु भएको हो।
आफ्नै बारीमा काम गरिरहेको अवस्थामा माझीलाई चट्याङ लागेको हो।
त्यसैगरि, मोरङको जहदाँ गाँउपालिका ६ पोखरियामा ४५ वर्षीय मुख्तर मियाँ अन्सारी र उनकी २६ वर्षीया श्रीमती जाननारा खातुन चट्याङ लागेर घाइते भएकी छिन्।
दुवै जनालाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु