काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने र सबै दलको सहमति र सहकार्यमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेसले अरु दललाई पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा ब्रिफिङ गर्दै आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना पनि बढेको बताएका छन् ।
बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ । २१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)