काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने र सबै दलको सहमति र सहकार्यमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेसले अरु दललाई पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा ब्रिफिङ गर्दै आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना पनि बढेको बताएका छन् ।
बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ । २१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै