ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १२ : ३३
ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

रूपन्देही । पाल्पाको रम्भागाउँपालिका–३ पीपलडाँडामा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु छ । घटनामा एकजना घाइते भएका छन्। दुर्घटनामा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कालिगण्डकी कोरीडोस्थित जिरो किमीबाट पीपलडाँडातर्फ ढुङ्गा लिएर आउँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर सडकभन्दा करिब सय मिटर तल झरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो।

घाइते रम्भा गाउँपालिका –३ पीपलडाँडाका ४० वर्षीय हरि बस्यालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस