दाङ । दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । घटनामा परि घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगर ४ घर भई घोराही १७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन्। उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो । शव घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत