ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको बिक्री

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, ०८ : १८
ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको बिक्री

काठमाडौं । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ। काठमाडौँ उपत्यकामा यातायातका सार्वजनिक तथा निजी सवारी साधन ठप्प प्रायः भएपछि पेट्रोलियम पदार्थको बिक्री घटेको हो।

नेपाल आयल निगमका अनुसार वैशाख २० गते २७० किलोलिटर पेट्रोल बिक्री भएको छ। सामान्य अवस्थामा झन्डै छ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको थियो।

त्यस्तै करिब एक हजार किलोलिटर डिजेल बिक्री हुँदै आएकामा निषेधाज्ञापछि दैनिक ५१९ किलोलिटर बिक्री भएको थियो। निषेधाज्ञा हुने जिल्लाहरू बढ्दै गएको र कोरोनाको प्रभाव बढिरहेकाले पेट्रोलियम पदार्थको बिक्री वितरण घट्दै जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।