सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जना बिरामी भएका हुन् ।
स्थानीय जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ पूजा लगाउने घमबहादुर कार्की, उनकी श्रीमती, छोराछोरीसमेत बिरामी परेका हुन् । रुद्रीपूजा सकिएपछि सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका उनीहरूमा शुक्रबारदेखि नै पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो ।
आइतबार रातिदेखि उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ । त्यसमध्ये पनि प्रसादीमा रुख कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए ।
उनको घरमा तीन जना बिरामी परेका छन् । जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी उहाँकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मा, त्यसैगरी अरु पाँच÷छ जना छिमेकी बिरामी परेका हुन् । बिरामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० बैशाख २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षयरोगका बिरामी खोज्दै पालिका
मुस्ताङ अस्पतालमा बिरामीको चाप
लेक लागेर बिरामी परेका एक जनाको हेलिकप्टरमार्फत उद्धार
चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु
तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी