रुपन्देहीमा कोरोना संक्रमित एक युवाले गरे अस्पतालमै झुण्डिएर आत्महत्या

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, ११ : ५२
रुपन्देहीमा कोरोना संक्रमित एक युवाले गरे अस्पतालमै झुण्डिएर आत्महत्या

रूपन्देही । रुपन्देहीमा कोरोना संक्रमित एक युवाले आत्महत्या गरेका छन् । जिल्लाको सैनामैनास्थित कोरोना विशेष अस्पतालमा सक्रमितले युवाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा संक्रमित युवाले शौचालयमा झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।

अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् । केही दिनअघिमात्र यसको सेवा विस्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस