एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा केही हाइस्कूलका विद्यार्थी रहेको स्थानीइ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी प्रान्त लोगारको राजधानी पुल–ए–आलम स्थित गेस्टहाउसमा विद्यार्थी बसेका थिए । सो गेस्ट हाउस नजिकै कार बम बिस्फोट भएको हो ।बिस्फोटमा ९० जना भन्दा धेरै मानिस घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला बिस्फोट भएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेका छन् । शुक्रबार अबेर भएको बिस्फोटका कारण गेस्टहाउस सहित वरपरका भवनमा गम्भीर क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ बैशाख २०७८, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने