निषेधाज्ञामा कस्तो छ पेट्रोलियम पदार्थको आपूर्ति र वितरण ?

पत्रपत्रिकाबाट

शनिबार, १८ बैशाख २०७८, ०८ : १०
निषेधाज्ञामा कस्तो छ पेट्रोलियम पदार्थको आपूर्ति र वितरण ?

काठमाडौं । कोरोना  महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले  जनाएको  छ।  पेट्रोलियम  पदार्थको खरिद  तथा  बिक्री  वितरणमा  कुनै  समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए । 

मागअनुसारको  सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ। निषेधाज्ञापछि   पेट्रोलियम   पदार्थको   माग घटेको   छ।   प्रवक्ता   उपाध्यायले   भने, “यातायातका  साधन  र  बजार  ठप्प  भएपछि पेट्रोलियम  पदार्थको  माग  घट्नु  स्वाभाविक  हो तर  कतिले  घट्यो  भन्ने  कुरा  हामी  एक  हप्तामा निकाल्छौँ ।

अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित  गरेका  छैनौँ,  पेट्रोलियम  पदार्थको  सहज आपूर्ति छ।”उनका अनुसार निगमले भारतबाट सहज आपूर्ति  गरिरहेको  छ  भने  नेपालको  आन्तरिक बजारमा  पनि  सहज  आपूर्ति  गरिरहेको  छ। स्वास्थ्य  मापदण्ड  अपनाएर  डिपोहरू  सञ्चालन गरिरहेको  छ । गोरखापत्रमा खबर छ ।