काठमाडौँ । नेकपा एमाले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक आज अहिले बिहान १० बजे बस्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक तत्काल बोलाउन भनेका हुन् । बैठकका एजेन्डा खुलाइएको छैन।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक केहीबेरमा बस्ने बताए । उनले बैठकको एजेण्डाका विषयमा केही खुलाएनन् ।
यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।
ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। स्थायी कमिटी र स्पष्टीकरणको विषयमा छलफल हुने एमाले एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली