काठमाडौँ । नेकपा एमाले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक आज अहिले बिहान १० बजे बस्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक तत्काल बोलाउन भनेका हुन् । बैठकका एजेन्डा खुलाइएको छैन।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक केहीबेरमा बस्ने बताए । उनले बैठकको एजेण्डाका विषयमा केही खुलाएनन् ।
यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।
ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। स्थायी कमिटी र स्पष्टीकरणको विषयमा छलफल हुने एमाले एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली