निधि निवासमा छलफलमा जुटे कांग्रेसका इतर पक्षका ३ नेता

सफल खबर संवाददाता

विहीबार, १८ असार २०८३, २० : ००
निधि निवासमा छलफलमा जुटे कांग्रेसका इतर पक्षका ३ नेता

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका तीन नेताबीच भेटवार्ता भएको छ । विमलेन्द्र निधि निवास बानेश्वमा नेताहरूबीच भेट भएको हो।

निधिसहित प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच भएको भेटमा पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भएको जनाइएको छ।

कांग्रेसमा विशेष महाधिवेशनपछि विवाद चर्किरहेको छ । इतर पक्षका नेता पूर्णबहादुर खड्कासँग संस्थापन पक्षको प्रस्ताव आदानप्रदान भएपछि इतर पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस