अबुर्द रोगपीडितलाई मन्त्री आलेको सहयोग

रासस

शनिबार, ११ बैशाख २०७८, २० : ५९
अबुर्द रोगपीडितलाई मन्त्री आलेको सहयोग

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अबुर्द (क्यान्सर) रोगले पीडित भएका डोटीका दुई जनालाई आज आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

क्यान्सररोग पीडित जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ बस्ने ३७ वर्षीय सुर्वण कठायत तथा सोही नगरपालिका–५ बस्ने १२ वर्षीय सङ्गीत सेवालाई उपचारमा सहज होस् भनेर मन्त्री आलेले सहयोग प्रदान गर्नुभएको नेकपा (एमाले)का डोटी जिल्ला पार्टी सचिव लक्ष्मण मलासीले जानकारी दिनुभयो ।

लामो समयदेखि क्यान्सर रोगले पीडित भएका कठायतको क्यान्सर अस्पताल हरिसिद्धि ललितपुर तथा अर्का पीडित सेवाको क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ । मन्त्री आलेले कठायतलाई रु २० हजार तथा सेवालाई रु १५ हजार प्रदान गर्नुभएको हो । 

शुक्रबार मात्रै मन्त्री आलेले लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका डोटी पूर्वीचौँकी गाउँपालिका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि रु ३० हजार तथा डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेना घर भएकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा डोटीकै आदर्श गाउँपालिका–५ बस्ने रुपसिंह टामटालाई रु १० हजार गरी कूल रु ५५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।

मन्त्री आलेले उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएपछि पीडितका आफन्तहरू खुशी भएका छन् 

प्रतिक्रिया दिनुहोस