काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–७ का वीरबहादुर थापामगर र इन्द्रबहादुर विकलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
खुट्टामा गोली लागेर घाइते भएका इन्द्रबहादुर विक स्थानीय स्वास्थ्य संस्थामा उपचाररत रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरुको साथबाट बुधबार उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही ठाउँको शिवशङ्कर सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी गर्ने क्रममा वीरबहादुरले बोकेको बन्दुक पड्किन गएर सँगै रहेका इन्द्रबहादुर विक घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ बैशाख २०७८, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ