पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई पनि देखियो कोरोना

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १३ : २५
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई पनि देखियो कोरोना


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस