काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सर्वदलीय बैठकमा आफू नगएको विषयमा व्यङ्ग्य गर्दै भनेका छन्–चेई नभनी कुकुर पनि कसैको घर जाँदैन ।
उनले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको र मिडियाबाट मात्र जानकारी पाएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन ।
जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो – एमसीसी बैठक बहिष्कार पो भएछ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...