भारतमा दिनप्रति दिन कोरोना संक्रमणमा नयाँ रेकर्ड

पछिल्लो २४ घंटामा २ लाख ३३ हजार बढीमा संक्रमण

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ०८ : ४७
भारतमा दिनप्रति दिन कोरोना संक्रमणमा नयाँ रेकर्ड

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोना संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (शुक्रबार) वैशाख ३ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख १६ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ ।

भारतमा अहिले सम्म १ करोड २६ लाख ६६ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजार १२१ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १३३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस