गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन शुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ । ‘‘विद्यालयको दरबन्दी कटौती हुँदै जाँदा कक्षा सञ्चालनमा कठिनाइ भइरहेको छ, निजी स्रोतको शिक्षक राख्न विद्यालयसँग आफ्नै स्रोत छैन’’, उनले भने, “आर्थिक सङ्कलन गरेरै भए पनि शिक्षक राख्नुप¥यो भनेर अभियान शुरु गरिएको हो ।’’
अभियान शुरु गरेको पहिलो दिनमा रु चार लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थी, कर्मचारीलगायतबाट आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
‘‘अहिलेसम्म अधिकतम रु २८ हजारदेखि न्यूनतम पाँच हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको हो’’, वडाध्यक्ष श्रेष्ठले भने “थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको छ । विद्यार्थी सङ्ख्याअनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको भन्दै विद्यालयले निजी स्रोतमा भने पनि शिक्षक राख्ने तयारी गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ बैशाख २०७८, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति