जनकपुर । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रले आफ्ना चार प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । नेकपा एमालेमा लागेका प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाहीस्वरुप बर्खास्त गरेको हो ।
उनीहरुमाथि कारवाही गरिएको पत्र माओवादी केन्द्रले प्रदेशसभामा बुझाइसकेको छ । कारवाही गर्नुअघि उनीहरुसँग पार्टीले स्पष्टीकरण सोधेको थियो ।
तर स्पष्टीकरणको जवाफ नदिएका कारण उनीहरुलाई बर्खास्त गर्न प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाइएको संसदीय दलका नेता भरत साहले जानकारी दिए । प्रदेश २, प्रदेशसभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड