काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको ठहर गरेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोमबार साँझ नै नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता खड्ग बहादुर विश्वकर्माले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ । किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’
देश इतिहासकै सबैभन्दा अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
यस्तै बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भदौमा केन्द्रीय समिति बैठक बस्ने र ३० साउनमा सातवटै प्रदेशमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । एमसीसी राष्ट्रहित अनुकूल नभएको भन्दै नेकपाले काठमाडौँ उपत्यकासहित सातवटै प्रदेशका मुख्य शहरमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड