विराटनगर। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको विधान विपरितको काममा साथ दिनेहरू दास भएको बताएका छन् ।शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले त्यसको प्रतिरोधमा समानान्तर कमिटी गठन गर्न आफु जुटेको बताए ।
सर्वोच्च अदालतले पार्टी पुरानै अवस्था ब्युँताइदिएपनि अध्यक्ष ओलीले विधान विपरित आफुहरुसहितका नेताहरुलाई कारबाही चलाएको बताए । उनले अहिले आफूहरू सबैलाई मिलाउने काममा लागि रहेको पनि दाबी गरे ।ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको उनको ठहर छ । ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै गएको उनको भनाई छ ।
‘अदालतको फैसालले पार्टीलाई पुरानो अवस्था फर्काइदिएको छ’ नेता नेपालले भने,‘ओलीले मुख हेरेर कारबाही चलाएका छन्।’यो कार्य विधान विपरित छ।’ओलीको विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं । हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं।’उनले ओली अहिले पार्टी भित्रै अल्पमतमा परेको पनि जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०७७, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल