युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी

शुक्रबार, २७ चैत्र २०७७, ०९ : १९
युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा विजयी भएको छ । बिहीबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानाडालाई २–० ले पराजित गरेको हो ।

युनाइटेडका लागि ३१ औँ मिनेटमा मार्कस रासफोर्ड तथा ९० औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रूनो फेर्नान्डेसले गोल गरेका हुन् । दोस्रो लिग आउँदो बिहीबार म्यानचेस्टर युनाइटेडको मैदानमा हुनेछ । अरु खेलमा रोमाले अजाक्सलाई २–१ तथा भिल्लारियलले डिनामो जाग्रेबलाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस