देउराली । संखुवासभामा बस दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट कम्तीमा २० यात्रु घाइते भएका छन् । संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।
४० जना भन्दा बढी यात्रु बोकी संखुवासभा मादी नगरपालिकाबाट धरानतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्टनजिकै बगरमा दुर्घटना भएको मादि नगरपालिकाका मेयर विदुर लिङ्थेपले जनाएका छन् ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीले उद्दार गरी धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा लगिएको छ । सडकबाट २० मिटर भन्दा तल खसेको बसको स्टेरिङ फेल भएर दुर्घटना भएको बताइएको छ ।
चालक धरान १५ का अन्दाजी वर्ष ५४ का विष्णु रसाईली इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान