देउराली । संखुवासभामा बस दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट कम्तीमा २० यात्रु घाइते भएका छन् । संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।
४० जना भन्दा बढी यात्रु बोकी संखुवासभा मादी नगरपालिकाबाट धरानतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्टनजिकै बगरमा दुर्घटना भएको मादि नगरपालिकाका मेयर विदुर लिङ्थेपले जनाएका छन् ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीले उद्दार गरी धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा लगिएको छ । सडकबाट २० मिटर भन्दा तल खसेको बसको स्टेरिङ फेल भएर दुर्घटना भएको बताइएको छ ।
चालक धरान १५ का अन्दाजी वर्ष ५४ का विष्णु रसाईली इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते