सूर्य थापाले हटाए ‘असंवेदनशील ट्‌वीट’ ह्‌यान्डल ससपेन्ड गर्न रिपोर्ट

पत्रपत्रिकाबाट

शुक्रबार, २० चैत्र २०७७, ०७ : ५०
सूर्य थापाले हटाए ‘असंवेदनशील ट्‌वीट’ ह्‌यान्डल ससपेन्ड गर्न रिपोर्ट

काठमाडौं । नेकपाको एकता भंग गर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्न दिइएको निवेदन खारेज गर्ने अदालतको निर्णयलाई लिएर प्रधानमन्‍त्रीका सल्लाहकार सूर्य थापाले गरेको 'असंवेदनशील ट्‌वीट'  एक घन्टामै हटाउन वाध्य भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छोरा प्रकाश निधनमा शोकाकुल हुँदै  आर्यघाट रुँदै गरेको तस्बिरलाई  सर्वोच्चको निर्णयसँग जोडेर बिहीबार ट्‌वीट पोस्ट गरेका थिए। बेलुका ४.१० मा उनले गरेको ट्‌वीटको व्यापक आलोचना भएपछि उनले हटाएका हुन्। उनले आफ्नो ट्‌वीट डिलिट गरे पनि उनले गरेको ट्‌वीटको 'स्क्रिनसट' सामाजिक संजाल भाइरल भएको छ। 

सामाजिक संजाल प्रयोगकर्ताहरूले प्रधानमन्‍त्रीको सल्लाहकारजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेको पात्रले व्यक्त गरेको प्रतिक्रियालाई अत्यन्तै घृणित र संवेदनाहीन उत्तेजनाको संज्ञा दिएका छन्। ट्‌वीट प्रयोगकर्ताले यो उनको ह्‌यान्डल ससपेन्ड गर्नका लागि रिपोर्टसमेत गरेका छन्। न्यूनतम मानवीयता र सामाजिक मर्यादासमेत गुमाएर ट्‌वीटको दुरुपयोग गरेकोले  ह्‌यान्डल ससपेन्ड गर्न माग गरिएको छ। 

यसअघि पनि थापाले पार्टीका आन्तरिक विषय तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा पटकपटक यस्ता उत्ताउला प्रतिक्रिया व्यक्त गरेर विवादमा पर्दै आएका छन्। थापाको अपरिपक्क प्रस्तुतिका कारण प्रधानमन्‍त्रीसमेत पटकपटक अप्ठ्यारीमा पर्दै आएका छन्। यसअघि चारजना प्रधानन्यायाधीशको संयुक्त विज्ञप्तिलाई लक्षित गर्दै थापाले पोस्ट गरेको ट्‌वीट पनि आलोचनापछि हटाएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस