काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी नेता घनश्याम भुसाललाई चुनाव जितेलगत्तै जहिले पनि पार्टी फुटाउन लागिपर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले भुसाललाई व्यंग्य गर्दै यस्तो उल्लेख गरेका छन्–‘“घनश्याम भुसालजीले जीवनमा दुईवटामात्रै निर्वाचन जित्नुभयो १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो ।
२. ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय संयोग कि नियति ?,” थापाले लेखेका छन् ।सल्लाहकार थापाले आफ्नो समुह इतरका नेताहरुका माथि सामाजिक संजालमा केही समय यता प्रायः कटाक्ष तथा व्यंग्यात्म टिप्पणी गरेका छन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूर्य थापाको टिप्पणी : गगन थापाको राजीनामा 'स्टन्ट र फण्डा' मात्रै
‘संविधान र संसद्बाट नै निकास खोजौँ’: सूर्य थापा
चीनमा लिपुलेकबारे कुरा उठाएर प्रधानमन्त्रीले देशभक्त नेपालीहरूको प्रतिनिधित्व गर्नुभयो: सूर्य थापा
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा