डढेलोले बढायो वायु प्रदूषण

पत्रपत्रिकाबाट

आइतबार, १५ चैत्र २०७७, ०७ : १४
डढेलोले बढायो वायु प्रदूषण

डढेलो र अन्य प्रदूषणका कारण राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न सहरको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ।

वायुमण्डल प्रदूषित हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। विभिन्न वनमा लागेको डढेलोको धुवाँ र धुलोका कारण वायु प्रदूषण बढेको हो। अहिले उपत्यका आसपास, धादिङ, हेटौंडा, चितवन, पोखरा, तनहुँ, नवलपुर, गोरखा, खोटाङ, ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत जिल्लाका वनमा डढेलो लागेको छ।

काठमाडौं उपत्यकामा शुक्रबार एकाएक बढेको वायु प्रदूषण शनिबार दिउँसो केही घटेको छ। शनिबार दिउँसो भैंसेपाटीमा रहेको वायु प्रदूषण मापक स्टेसनले वायुको गुणस्तर सूचकांक २ सय ९८ देखाएको छ।

यसैगरी रत्नपार्कमा वायुको गुणस्तर सूचकांक १ सय ९८ रह्यो। यो सूचकांक शुक्रबार भैंसेपाटीमा ४ सय ४७ थियो भने रत्नपार्कमा २ सयको हाराहारीमा थियो।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले शुक्रबारको तुलनमा शनिबार काठमाडौंको वायु प्रदूषणमा हल्का कमी आएको बताए। मौमसविद्हरूले सोमबारदेखि मात्र काठमाडौंको आकाशमा देखिएको धुवाँ, धुलो र तुवाँलो हट्ने अनुमान गरेका छन्। नागरिक दैनिकामा खबर छ ।  

प्रतिक्रिया दिनुहोस