काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक आन्दोलनबाट खुट्टा कमाएर नभाग्ने बताएका छन् । ‘पार्टी संगठनमा निरन्तर लाग्नेछु, कसैबाट डराएर भाग्दिनँ, संघर्ष गरेर पार्टीमा बस्नेछु ।’
शनिबार राजधानीमा आयोजित नागरिक आन्दोलनको बहसमा नेता नेपालले भने, ‘कस्तोकस्तो ज्यान भएका त पार्टीमा लागेका छन् । म त अहिले पनि मेचीदेखि महाकालीसम्म हिँड्नसक्छु।’ नेपालले पार्टीभित्र विधान लागू हुने र देश संविधान अनुसार चल्ने प्रष्ट पारे। वरिष्ठ नेता नेपालले इतिहासमा लामो कार्यकालको अनुभव भएको र समयको नाडी छाम्नुपर्नेमा जोड दिँदै त्यसपछि झ्याप्प मौका छोप्ने बताए।
‘पार्टीभित्र पार्टी विधान कार्यान्वयन गर्ने चलन हराएको छ। त्यसका लागि हामी उपचार खोजिराखेका छौँ’, नेता नेपालले भने, ‘डाक्टरले आर्यघाटमा पुगेर पनि उपचार खोज्छन्। घाटे वैद्यले प्राण दिन सक्नुहुन्छ कि भनेर हामी हेरिराखेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव