काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक आन्दोलनबाट खुट्टा कमाएर नभाग्ने बताएका छन् । ‘पार्टी संगठनमा निरन्तर लाग्नेछु, कसैबाट डराएर भाग्दिनँ, संघर्ष गरेर पार्टीमा बस्नेछु ।’
शनिबार राजधानीमा आयोजित नागरिक आन्दोलनको बहसमा नेता नेपालले भने, ‘कस्तोकस्तो ज्यान भएका त पार्टीमा लागेका छन् । म त अहिले पनि मेचीदेखि महाकालीसम्म हिँड्नसक्छु।’ नेपालले पार्टीभित्र विधान लागू हुने र देश संविधान अनुसार चल्ने प्रष्ट पारे। वरिष्ठ नेता नेपालले इतिहासमा लामो कार्यकालको अनुभव भएको र समयको नाडी छाम्नुपर्नेमा जोड दिँदै त्यसपछि झ्याप्प मौका छोप्ने बताए।
‘पार्टीभित्र पार्टी विधान कार्यान्वयन गर्ने चलन हराएको छ। त्यसका लागि हामी उपचार खोजिराखेका छौँ’, नेता नेपालले भने, ‘डाक्टरले आर्यघाटमा पुगेर पनि उपचार खोज्छन्। घाटे वैद्यले प्राण दिन सक्नुहुन्छ कि भनेर हामी हेरिराखेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार