काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । तर नेपाल समूहमा रहेका अन्य सांसदहरु भने बैठकमा सहभागी हुने छन् ।
पार्टीको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा राखिएको भन्दै नजाने उनले जनाएका छन् । अन्य स्थानमा बैठक राखिए आफू सहभागी हुने उनको भनाई रहेको छ ।
ओलीले दिउँसो तीन बजे संसदीय दलको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने बैठकमा दलको गतिविधिबारे छलफल हुने बताइएको छ । पार्टी गतिविधी विपरित कार्यहरु गरेको भन्दै नेपाल सहित उनका समुहका अन्य नेतालाई स्पष्टिकरण समेत सोधिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार