काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । तर नेपाल समूहमा रहेका अन्य सांसदहरु भने बैठकमा सहभागी हुने छन् ।
पार्टीको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा राखिएको भन्दै नजाने उनले जनाएका छन् । अन्य स्थानमा बैठक राखिए आफू सहभागी हुने उनको भनाई रहेको छ ।
ओलीले दिउँसो तीन बजे संसदीय दलको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने बैठकमा दलको गतिविधिबारे छलफल हुने बताइएको छ । पार्टी गतिविधी विपरित कार्यहरु गरेको भन्दै नेपाल सहित उनका समुहका अन्य नेतालाई स्पष्टिकरण समेत सोधिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल