बिमामा पनि कुलिङ पिरियड

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ०७ : ३७
बिमामा पनि कुलिङ पिरियड

काठमाडौं । बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले लगातार दुई कार्यकाल अर्थात् आठ वर्षभन्दा लामो समय जिम्मेवारी बहन गर्न चाहेमा थप चार वर्ष कुर्नुपर्ने भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले सरकारले प्रस्ताव गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई परिमार्जन गर्दै बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा लगातार दुई कार्यकाल अर्थात् आठ वर्षभन्दा लामो समय जिम्मेवारी बहन गर्न नपाउने व्यवस्था गरेको हो ।

तर, लगातार दुई कार्यकाल पूरा गरेको सञ्चालक चार वर्षपछि भने पुनः नियुक्त वा बहाल हुन पाउने छ । बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकाल चार वर्षको हुनेछ । उनीहरूको पदावधि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) अनुसार नै निर्देश गर्न लागिएको हो ।

हाल सञ्चालकहरूले आफूमध्ये बहुमतले छानेको व्यक्ति अध्यक्ष हुन पाउने र पुनः नियुक्त वा बहाल हुन पाउने व्यवस्था छ । यस्तै, स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने तथा एक कार्यकालमात्रै नियुक्त हुनसक्ने व्यवस्था पनि गरिएको छ । यसअघि प्रस्तावित विधेयकमा स्वतन्त्र सञ्चालकसमेत अध्यक्ष हुन पाउने व्यवस्था गरिएको थियो । कारोबार दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस