काठमाडौं । बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले लगातार दुई कार्यकाल अर्थात् आठ वर्षभन्दा लामो समय जिम्मेवारी बहन गर्न चाहेमा थप चार वर्ष कुर्नुपर्ने भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले सरकारले प्रस्ताव गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई परिमार्जन गर्दै बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा लगातार दुई कार्यकाल अर्थात् आठ वर्षभन्दा लामो समय जिम्मेवारी बहन गर्न नपाउने व्यवस्था गरेको हो ।
तर, लगातार दुई कार्यकाल पूरा गरेको सञ्चालक चार वर्षपछि भने पुनः नियुक्त वा बहाल हुन पाउने छ । बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको एक कार्यकाल चार वर्षको हुनेछ । उनीहरूको पदावधि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) अनुसार नै निर्देश गर्न लागिएको हो ।
हाल सञ्चालकहरूले आफूमध्ये बहुमतले छानेको व्यक्ति अध्यक्ष हुन पाउने र पुनः नियुक्त वा बहाल हुन पाउने व्यवस्था छ । यस्तै, स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने तथा एक कार्यकालमात्रै नियुक्त हुनसक्ने व्यवस्था पनि गरिएको छ । यसअघि प्रस्तावित विधेयकमा स्वतन्त्र सञ्चालकसमेत अध्यक्ष हुन पाउने व्यवस्था गरिएको थियो । कारोबार दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत
सरकारी भौतिक सम्पत्तिको बिमा अनिवार्य
बिमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन आह्वान
बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने