काठमाडौ । गत भदौ २३ र २४ गते को जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको सिंहदरबार बुधबार जाली लगाएर छोपिएको छ । सरकार आफैँले मुख्य प्रशासनिक केन्द्रको विद्रुप लुकाउन र बचेको हिस्सा संरक्षण गर्न पनि जाली लगाएर छोपेको हो ।
झन्डै दुई दशकदेखि सरकारी भौतिक संरचना र सम्पत्तिको बिमा गरेर क्षतिको दायित्व बिमा कम्पनीमा सार्न सरोकारवालाबाट निरन्तर पहल हुँदा पनि बिमा नगरिँदा राज्यको अमूल्य सम्पत्ति खरानी नै भए । त्यस्तो बिमा गरेको भए अहिले सिंहदरबार जालीले नछोपी बिमा कम्पनीले क्षतिको मूल्याङ्कन गर्ने गरी अध्ययन अनुसन्धानका लागि खुला हुन्थ्यो ।
त्यसअघि २०७२ को विनाशकारी भूकम्पबाट भएको क्षतिको दायित्व पनि बिमा कम्पनीले बेहोर्ने थियो । बिमा नहुँदा सरकारको आफ्नै दायित्वमा भरखर पुनर्निर्माण सकिएको सिंहदरवार खरानी भएको अर्बौं रुपियाँको दायित्व पनि सरकारकै थाप्लामा परेको छ ।
त्यसको अधिकांशविपरीत निजी क्षेत्रको सम्पत्ति विनाशको क्षतिको भरण बिमा कम्पनीबाट हुँदै छ । सरकारले अब भने सरकारी भौतिक सम्पत्तिको बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको खबर गोरखापत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ असोज २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन आह्वान
बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने