यी हुन् स्मरण शक्ति बढाउने खानेकुरा

मंगलबार, १३ चैत्र २०७४, १४ : २९
यी हुन् स्मरण शक्ति बढाउने  खानेकुरा

काठमाडौं । स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ । अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी हुन्छ । मुटु, मांसपेशी र फोक्सोलाई जस्तै मस्तिष्कलाई पनि पोषक तत्व चाहिन्छ ।  नियमित रुपमा यी भोजन गरेमा तपाईको मस्तिष्क मजबुत र स्मरण शक्ति बढ्नेछ ।

ब्रो काउलीः
मस्तिष्कको तन्तुहरुलाई सक्रिय बनाउनका लागि ब्रो काउली एकदमै फाइदाजनक हुन्छ । यसमा कोलीन भरपुर मात्रामा पाइन्छ, जसले मस्तिष्कमा नयाँ कोष सेल्स बनाउँछ ।

बदामः
हरेकले सँधै एक मुठ्ठी बदाम तथा काजु खानु उपयुक्त मानिन्छ । जसमा भिटामिन ई पाइन्छ, जो स्नायु प्रणालीलाई थप सक्षम बनाउँछ ।

अण्डाः
हामी सबैलाई थाहा छ, अण्डा सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर यो मस्तिष्कको लागि पनि फाइदाजनक हुन्छ । अण्डामा कोलीन हुने भएकाले छोटो समयको लागि स्मरण शक्तिलाई बढाउने काम गर्दछ ।

माछाः
मस्तिष्कको विकासको लागि माछा सेवन गर्नु महत्वपूर्ण मानिन्छ । माछाको बोसोबाट ओमेगा २ पाउन सकिन्छ जसले मस्तिष्क विकासका लागि ठूलो भूमिका निर्वाह गर्दछ ।

त्यस्तै अन्य उपाय
-बिहान उठेर नुहाउने बानी गर्नुहोस् ।
-समयमै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुहोस ।
-मर्निङ वार्क, व्यायाम, योगा र प्राणयाम गर्नुहोस् ।
-कुनै विषयमा ध्यान दिनु, गम्भीर भएर सोच्नु र एकाग्र मन बनाउनु उत्तम हुन्छ ।
-खानामा तरकारी, फलफूल, दूध, दलिया, पालक, टमाटर, मुला, मेवा, अमला, दही, केरा, लौका, बन्दागोभी, काक्रा, खरबुजा आदि ।

प्रतिक्रिया दिनुहोस