एजेन्सी । सेनाले कु गरेको म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ । अहिलेसम्म १६४ जना प्रदर्शनकारीको ज्यान गएको आर्मीले बताएको छ । तर एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स (एएपिपि) का अनुसार हालसम्म कम्तीमा २६१ जनाको ज्यान गएको छ ।
मंगलबार सेनाले प्रदर्शनकारीको निधनप्रति दुःख व्यक्त गरेको थियो । तर उसले देशमा अस्थिरता निम्त्याउनमा प्रदर्शनकारीकै भूमिका रहेको आरोप लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षे बालिकालाई लागेको हो ।
मृत्यु हुने बालिकाको नाम खिन मिओ चित रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । गोली लागेर मृत्यु भएकी बालिकाका १९ वर्षे दाइलाई पनि सुरक्षाकर्मीले पक्रेको परिवारका सदस्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ चैत्र २०७७, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प