राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १९ : ४१
राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

file photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किनु भएको छ । 

मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो । 

भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ । 

जसमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी भएका छन् । 

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार ढाका प्रस्थान गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस