एजेन्सी । अमेरिकाको कोलोराडोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ । बन्दुकधारीले स्थानीय सुपरमार्केटमा गोली चलाउदा उनीहरुको मृत्यु भएको छ ।
बोउल्डरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा स्थानीय समय अनुसार सोमबार एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानिय संचारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले ज्यान गुमाउनेको संख्या सार्वजनिक नगरे पनि अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै द डेली क्यामराले घटनामा एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको उल्लेख गरेको हो ।
बन्दुकधारीलाई पक्राउ गरिएको र चोट रहेकाले उपचार हुँदै गएको बोउल्डरका काउन्टी जिल्ला न्यायाधीवक्ता माइकल डोगर्टीले बताएका छन् । आरोपित आक्रमणकारी पनि गम्भीर घाइते रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० चैत्र २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट