काठमाडौं । एमाले अध्यक्ष केपी ओली पक्षले केन्द्रीय समिति देखि संसदीय दलको बैठक समेत बहिष्कार गरिरहेका माधव नेपाल पक्षका ४ नेतालाई शनिबार स्पष्टिकरण सोध्ने निर्णय गरेको छ पार्टी हित विपरित गतिविधि गरेको आरोपमा नेपाल पक्षका नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
यद्यपी, स्पष्टिकरण पत्र चारै नेताले आइतबार बेलुकीसम्म प्राप्त गरेका छैनन् । उनीहरुलाई आजै स्पष्टिकरण पत्र थमाउने तयारी ओली पक्षको छ । ओलीले पार्टीमा रहेका सबै अधिकार आफुमा केन्द्रीत गरेपछि नेपाल सहितका ४ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । नेपाल पक्षले भने पत्र आफुहरुले प्राप्त नगरिसकेकोले यस विषयमा के गर्ने भन्ने अहिले निर्णय लिईसकेको छैन् ।
नेपाल पक्षका नेताहरुको आज अनौपचारिक रुपमा आन्तरिक रणनीति तय गर्न बैठक बस्दैछ । चैत ४ र ५ गते सम्पन्न भएको नेपाल र वरिष्ठ नेता झलनाथ खनाल समुहले केपी ओली प्रवृतिका विरुद्द अन्तरसंर्घष चर्काउने र स्थानिय तहसम्मै समानान्तर संरचना बनाउने निर्णय गरेको थियो । यो निर्णय अनुसार महिला र युवाको राष्ट्रिय भेला गरेर समानान्तर संरचना निर्माण गरिसकेको नेपाल पक्षले भोलि काठमाडौंमै विद्यार्थीको पनि राष्ट्रिय भेला आयोजना गर्दैछ ।
आफ्नो समुहका चार नेतालाई स्पष्टिकरण सोधेपछि के रणनीति बनाउने भन्नेमा नेपाल पक्षका नेताहरु आन्तरिक तयारीमा जुटदैछन् । आज दिउँसो वानेश्वरको अर्याल होटलमा उनीहरुले आन्तरिक छलफल गर्न लागेका हुन् । हामी आज आन्तरिक रुपमा छलफल गर्दैछौं । अब कसरी जाने भन्ने रणनीतिका बारेमा छलफल गर्दैछौं, नेपाल पक्षका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने ।
ओलीले सोधेको स्पष्टिकरणका बारेमा पत्रमा कस्तो ब्यहोराको भाषा आउँछ ? कुन विषयलाई लिएर कारवाहीको प्रक्रिया अगाडी बढाउन खोजिएको हो ? भन्ने विषय हेरेर मात्र थप रणनीति बनाउने यो पक्षका नेताहरुको भनाई छ । नेपाल पक्षले २०७५ जेठ २ अगाडीको अवस्थामा पार्टी फर्किनुपर्ने र फागुन २८ मा ओली पक्षले गरेको एकलौटी गुटगत निर्णय फिर्ता हुनुपर्ने माग नेपाल पक्षले उठाउदैं आएको छ । तर ओलीले अब पार्टीभित्र समुहगत गुटबन्दी स्वीकार्य नुहने भन्दै नेपाल पक्षका एक एक सांसद र नेतालाई फकाउने रणनीतिमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव