काठमाडौँ । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत बिहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागुऔषधसहित दुईलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेका सुवासकुमार यादवसँग २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाइजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ चैत्र २०७७, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ