प्रेस सल्लाहकार सूर्य थापाको टिप्पणी : 'माधव–झलनाथद्धारा आयोजित कार्यकर्ता भेला ‘विधि तथा पद्धति’ को ‘रमिता कि गाईजात्रा’

हेर्नुहोस थापाले राखेको तस्वीर र १५ बुँदामा के के उल्लेख गरेका छन्  ः

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १० : ३८
प्रेस सल्लाहकार सूर्य थापाको टिप्पणी : 'माधव–झलनाथद्धारा आयोजित कार्यकर्ता भेला ‘विधि तथा पद्धति’ को ‘रमिता कि गाईजात्रा’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी कै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालद्धारा आयोजित कार्यक्रम तथा कार्यकर्ता भेलालाई कथित गुटगत भेला भन्दै त्यसलाई विधि तथा पद्धतिको ‘रमिता कि गाइजात्रा’ भन्दै कटाक्ष गरेका छन् । 

मंगलबार सामाजिक संजाल फेसबुकमा एक सामग्री पोष्ट गर्दै सल्लाहकार थापाले नेपाल तथा खनालद्धारा भएको र हुने कार्यक्रमलाई लक्षित गर्दै १५ बुँदामा उल्लेख गर्दै कटाक्ष गरेका हुने । उनले फेसबुकमा नेपाल तथा खनालको अगुवाईमा चैत ४ र ५ गते हुने बृहत कार्यकर्ताको भेलाको पोष्टरमा क्रस चिन्ह लगाउदैं त्यसलाई प्रचण्डको निर्देशन र होमवर्क बमोजिम हुन थालेको जिकिर गर्दै त्यसलाई चैत महिनाको गाईजात्रा भएको उल्लेख गरेका छन् ।

उनले ति कार्यक्रमहरुलाई लक्षित गर्दै भनेका छन्–‘आफ्नो निहित स्वार्थका लागि नेकपा एमाले विभाजन गरि समाप्त गर्ने चाहने तत्वहरुको उक्साहट र षडयन्त्र र यो अलग समुह बनाएर प्रचण्ड पथमा सामेल हुने तयारी हो, त्यसकै लागि प्रचण्डले केन्द्रिय कमिटिको बैठक समेत स्थगित गरेका छन् ।’

हेर्नुहोस थापाले राखेको तस्वीर र १५ बुँदामा के के उल्लेख गरेका छन्  ः
नेकपा (एमाले) को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला ।
१. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो ।
२. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ ।
३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।
४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो । 
५. पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही  व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको       मञ्चन मात्र हो ।
६. यो ‘विधि र पद्धति’ को दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको  विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनस् प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरी पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।
७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी  अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो । 
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।
९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको  अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो  ।
१०.  पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो । 
११. चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास  मात्र हो । 
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।
१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौ ।
१५. त्यसैले आउनुहोस (विभाजन र  बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा (एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र  एकजुट भएर अघि बढौं ।

प्रतिक्रिया दिनुहोस