प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

रासस

मंगलबार, ०३ चैत्र २०७७, ०८ : ३५
प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले बताए ।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा उनको निधन भएको हो ।

मृतक सेनाको कालीजङ्ग गणमा कार्यरत रहेको बताइएको छ । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस