काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पनि आफ्नो समूहका नेता, कार्यकर्ताको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेपछि त्यसबारे छलफल गर्न उपाध्यक्ष गौतमले आफ्नो समूहको बैठक बोलाएका हुन् ।
पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको गौतमनिकट नेता एवं राष्ट्रिय एकता अभियान सचिव बाबुराम थापाले जानकारी दिए । अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय लिएपछि उपाध्यक्ष गौतमले तत्काल उक्त कदम सच्याउनु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम