नारायणहिटी दरबार सङ्ग्रहालयभित्र अब फिल्म देखाइने

पत्रपत्रिकाबाट

सोमबार, ०२ चैत्र २०७७, ०८ : ००
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र अब फिल्म देखाइने

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि  तत्कालीन  राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री  हेर्न  पाउने  भएका छन् । नारायणहिटी  दरबारको  मूल  भवनमा  दशैँमा  टीका  थाप्ने  कक्षसँग  जोडिएको  सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । 

दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा  हलप्रति  हुने  गरेको  छ  ।  त्यसैले  सो  हल  खुला  गरी  अवलोकनकर्ताका  लागि  सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार  सङ्ग्रहालय  विकास  समितिले तयारी थालको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा  हलका  बारेमा  धेरैले  जिज्ञासा राख्ने गरेको सुनाउँदै भने, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर  तत्कालीन  राजारानीले  हेरेका  सिनेमा हेर्न पाइनेछ ।”

झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका  कर्मचारीहरूले  मट्टीतेलले  सफा  गरिरहेका  छन्  भने  नेपाल  चलचित्र  संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद  नेपाल  रिललाई  सफा  गर्नेदेखि  अन्य मर्मतका कार्यमा व्यस्त छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस