काठमाडौं । ‘नेकपा’ नामको विवादमा सर्वोच्च अदालतको निर्णयका कारण तीन वर्षपहिले एकताबद्ध भएको पार्टीलाई पुनः फरक बनाइदिएपछि त्यसको लाभ यतिखेर सबैभन्दा बढी प्रधानमन्त्री केपी ओली र उनको गुटलाई भएको छ । अदालतको फैसलाका आधारमा ओली गुटसँग नै जानुपर्ने भएपछि माधवकुमार नेपाल र उनको समूहलाई अब सबैभन्दा बढी पेलान उनै ओलीबाट हुने निश्चित जस्तै छ ।
तत्कालीन एमालेभित्र पार्टीको बागडोर हातमा लिएपछि नै ओलीले नेपाल पक्षलाई जुनखालको व्यवहार देखायो र ज्यादती ग¥यो, त्यसले पक्कै पनि सामान्य राजनीतिक चेत भएका मानिसलाई पिडा हुन्छ । ओली कतिसम्म असहिष्णु छन् भन्ने कुरा उनले सार्वजनिक रुपमा दिने अभिव्यक्ति तथा व्यवहारबाट नै पुष्टि हुन्छ । ओलीले राजनीतिको नाममा नेपाल लगायतका नेतालाई कुन हैसितयमा राख्ने चेष्टा गर्छन् । ति सबै उनको व्यवहारबाट घाम जस्तै छर्लङ छ । एमाले ब्ँयूतिएसंगै उनले आफना सहकर्मीलाई अनुशासनको डण्डा लगाउने, कारवाही गर्ने, निष्काशन गर्नेसम्मको हर्कत शुरु गर्ने संकेतहरु देखा परेका छन् ।
देशभर जिल्ला पार्टी कार्यालयमा ओली गुटले मंगलबारदेखि देखाएको व्यवहार त्यसैको उपज हो । ओलीले जुनखालको स्कूलिङ गरेका छन्, त्यो विचारको होइन भन्ने धेरै अड्कलबाजी शुरु नभएको हैन्, ओली गुट विचार, सिद्धान्त र निष्ठाले नभई ज्यादतीले निर्णय गर्छ । ओलीका अधिकाशं कार्यकर्ताहरु विचारका आधारमा होइन, शक्तिमा मात्रै भर पर्छन् । ओली गुटले नेपाल पक्षका कोही कसैसँग पनि विचार र सिद्धान्तका आधारमा व्यवहार गर्दैनन् । उनीहरुको सोच अरुलाई खुइलयाउन, हेला होचो गर्न मात्रै उद्यत् छन् । विशेष गरी भारतमा मोदीले चलाएको सामाजिक फासीवादको अन्धनक्कल गर्न चाहन्छन्, उनीहरु । जताततै सेटिङको भरमा गुट विस्तार गर्न उनीहरु लालायित छन् ।
सर्वोच्च अदालतले फैसला गरेको चार दिन बित्न लाग्दा समेत ओली र उनको गुटले नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुसँग गरेको व्यवहारले पनि उनीहरु कुन हद सम्म असहिष्णु छन् भन्ने पुष्टि भएको छ । परिस्थितीले एमाले ब्ँयूताएपनि एकै पार्टीका नेता र सहकर्मीको व्यवहार ओलीबाट नहुँदा त्यसको घाटा अन्तर्यमा त ओलीलाई नै हुनेछ । केही समयभित्र एमालेको महाधिवेशन हुन्छ । महाधिवेशनमा ओलीको ज्यादीका विरुद्ध उभिने संख्या र जनमत बढ्दै जानेछ । किनकी विचारशून्यताका आधारमा अगाडि बढ्ने जमात र विचारका आधारमा अगाडि बढ्ने संस्कारका बीचमा राम्रै टकराव हुने अवस्था आउनेछ । त्यो अवस्थामा देशभर पुनः नेपाल र उनको समूहको बहार आउने कुरालाई नकार्न सकिदैन ।
तर, तत्कालका हकमा हेर्दा ओली गुटले उठ्नै नसक्ने गरी नेपाल समूलाई पेल्ने, आत्मसमर्पण गराउने साजिस हुन सक्छ । सधै विधि, नैतिकताको विषयलाई प्रमुखताका साथ उठाउने नेपाल र उनको समूहले ओली गुटको कुन आधारमा र कुन हदसम्म कसरी प्रतिवाद गर्छ, त्यसले भावी राजनीतिक दिशा र गतिको तय गर्नेछ । ओलीको पेलान मात्रै सहीरहने, कुनै प्रतिवाद नगर्ने हो भने उनले भन्दै आएको विचार र विधिको विषय पनि त्यत्तिकै हराएर जानेछ । माधव नेपालहरुले बृहद कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्नेछ । उनीहरुले अदालतको आदेशका भरमा फुटाइएको पार्टीलाई पुनः एकताबद्ध बनाउने नीति, कार्यक्रम र योजना बनाउनुपर्नेछ ।
पार्टीभित्र हुर्किएको सामाजिक फासीवादको समूल अन्त्यका लागि योजना बनाउनुपर्नेछ । ओली र उनको गिरोहले विस्तार गरेको अराजकतालाई अन्त्य गरेर समाजवाद स्थापना गर्ने पार्टी निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेछ । झण्डै दुई तिहाई जनमत प्राप्त नेकपालाई जसरी ओलीले सिध्याए र सिध्याउनका लागि जुनखालको हर्कत गरे, त्यसको तत्काल नै प्रतिवाद शुरु गर्नुपर्ने राजनीतिक विश्लेषकहरुको ठहर छ । नेपाल मामिला हेर्दै आएका भारतीयहरुको भनाईलाई पत्याउने हो भने ओलीलाई उचालेर भारतीय संस्थापन पक्षले नेपालको राजनीतिमा चलखेल गरेको छ । रअका प्रमुख सामान्त गोयलबाट शुरु भएको चलखेल पछिल्लो पटक सर्वोच्च अदालतको निर्णयसँग पनि जोडिन आइपुगेको छ ।
नेपालमा कम्युनिस्ट बढेको, झण्डै दुई तिहाई जनमत प्राप्त भएको विषय भारतीयहरुलाई मन परेको थिएन । भारत नेपालको परिवर्तन आफूलाई परिवर्तनकामी भनिनेहरुबाटै उल्ट्याउन चाहन्छ भन्ने पुस्टि भएको छ । ओली खुफिया एजेन्सीका लागि काम गर्छन् भन्ने पनि पुष्टि भएको छ । ओलीले देखाएको व्यवहार र भारतीयहरुले गरिरहेको प्रतिक्रियाका आधारमा हेर्दा पनि आम मानिसले गरेको आशंकामा बल पुगेको छ । यस्तो अवस्थामा माधव नेपाल समूहले तत्काल स्पष्ट पार्न पहल गर्नुपर्नेछ । समाजवादको यात्रालाई अगाडि बढाउने हो भने तत्काल पार्टीभित्र हुर्किएको अराजकता र खुफिया एजेन्सीको तावेदारी गर्ने प्रवृत्तिका विरुद्ध जनमत बनाउनेतर्फ लाग्नुपर्नेछ ।
कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाने साहस माधव नेपालमा छ । त्यसलाई कार्यान्वयनमा लैजानु जरुरी छ । ओलीहरु भत्काउन मात्रै जान्दछन् । ओलीहरु ध्वशंका प्रयाय हुन्, प्रतिगमनका मतियार हुन् । प्रतिगमनका विरुद्ध उभिने साहस नेता नेपालहरुले गर्नुपर्नेछ । रचनात्मक निर्माणका लागि प्रतिवद्ध हुनुपर्नेछ । अब दुई वर्षपछि प्रतिनिधिसभाको निर्वाचन हुनेछ । त्यतिबेलासम्म जनतालाई पुनः विश्वासमा लिएर जनमत लिने दिशामा नेपालहरुले वातावरण बनाउनुपर्नेछ ।
पेरिसडाँडाबाट अमिलो मन बनाएर छुट्टिएका नेताहरुमा भातृत्व, एकता र मैत्रीभाव कायम छ , हामी आफनो विचारमा प्रतिवद्ध छौ, भन्ने स्थापित गर्नुपर्ने छ । न कि ओलीको गलत व्यवहार र चिन्तनलाई खारेज गर्दै अग्रगामी दिशाका लागि पहल कदमी गर्नु नै आजका लागि नेपालहरुका लागि प्रमुख कार्यभार रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल