एमालेले बोलायो चैत १ मा केन्द्रीय समिति बैठक

माधव नेपाल पक्षलाई आत्मआलोचना गर्न दबाब बढाउने ओली पक्षको तयारी

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, ०८ : ४५
माधव नेपाल पक्षलाई आत्मआलोचना गर्न दबाब बढाउने ओली पक्षको तयारी

काठमाडौं । नेकपाको एकता अदालतले बदर गरेपछि पूरानै अवस्थामा ब्ँयूतिएको सत्तारुढ दल एमालेले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ । काठमाडौंमा चैत १ गते केन्द्रीय समितिको बैठक बोलाईएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  माधव नेपाल र झलनाथ खनालले पार्टी बैठक बोलाउन माग गरिरहेका बेला अध्यक्ष ओलीले १ चैतमा पार्टी बैठक बोलाएका हुन् ।

एमाले ब्ँयूतिएपछि ओलीको गतिविधिप्रति प्रचण्डसँग मोर्चाबन्दी गरेर संर्घष गरिरहेका माधव नेपाल पक्ष एमालेकै मूल घरमा फर्किएका छन् । तर नेपाल पक्षलाई ओली पक्षले त्यक्तिकै छोड्ने संकेत देखाएका छैनन् । अदालतको फैसलापछि एमाले नै ब्ँयूताएपछि त्यसलाई शून्य समय मानिएको भएपनि अहिले एमालेका सदस्य समेत नरहेका उद्योगमन्त्री लेखराज भट्टलाई अहिले ओली पक्षले सुदुरपश्चिम इन्चार्ज समेत घोषणा गरिसकेको छ । 

जबकी एमालेको विधान ले माओवादी धारबाट एमालेमै विलय हुन पुगेका नेता वा मन्त्रीहरुलाई चिन्दैन् । तर भीम रावलको हुर्मत लिनका लागि ओली पक्षले सुदुरपश्चिम इन्चार्ज रावलको नेम प्लेट फ्याक्न र लेखराजको राख्न लगाउँदा झड्प नै निम्तेको थियो । अहिले ओली पक्षले प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने, काम गर्ने नदिने, तथानाम गाली गलौजमा उत्रने पक्षले आत्मआलोचना बैठकमा गर्नुपर्ने बताईरहेको छ । ओली पक्षिय नेता गोकुल बाँस्कोटाले अझै धम्की दिने काम गरेको माधव नेपाल पक्षले भनेर आपत्ति जनाएका छन् । उनले माधव नेपाल पक्ष मुद्दा हारेको भन्दै हिजोका गल्तीको आत्मआलोचना गर्नुपर्ने बताएको छ ।

‘मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हो । तर बाह्र महिना, बाह्रैकाल बर्बराउनु चै घामटपन हो । एउटा  गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्नु सोहैं आना गलत । हिजोको गल्तीको आत्मआलोचना त कता हो कता उल्टै गुटको भेलाबाट संस्थापनलाई धम्की ? ४० प्रतिशत होइन, २२ प्रतिशत पनि पुग्दैन’ बाँस्कोटाले भनेका छन् ।

‘मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हो । तर बाह्र महिना, बाह्रैकाल बर्बराउनु चै घामटपन हो । एउटा  गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्नु सोहैं आना गलत । हिजोको गल्तीको आत्मआलोचना त कता हो कता उल्टै गुटको भेलाबाट संस्थापनलाई धम्की ? ४० प्रतिशत होइन, २२ प्रतिशत पनि पुग्दैन’ बाँस्कोटाले भनेका छन् । नेकपामा रहदा ओली र नेपाल पक्षका बीचमा चलेको जुहारी, अविश्वास र आशंका चिर्ने विषयमा केन्द्रीय समिति बैठक केन्द्रीत हुने पृथ्वीसुब्बा गुरुङ गुरुङले बताए ।

माधव नेपाल पक्षले भने सरकार, पार्टी बैठक, नेताहरुको व्यवस्थापन, जिम्मेवारी लगायतका विषयमा आफु पक्षसँग ओली पक्षले कुनै सल्लाह नगरेको र एकलौटी पार्टी कब्जाको नीति लिन खोजेको भन्दै त्यस्तो प्रवृतिको विरोध गरेर जाने बताएको थियो । आफु पक्षिय केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुको बैठक राखेर छलफल गरेका नेपाल पक्षले ओलीको प्रवृतिका विरुद्ध संयुक्त वक्तब्य नै दिने तयारी गरेपछि ओली पक्षले केन्द्रीय समिति बैठक बोलाएको सूचना गरेको थियो । त्यसपछि भने नेपाल र खनालले संयुक्त रुपमा वक्तब्य दिने गरी गरेको तयारी रोकेको छ ।

ओली पक्षले देशभरका कार्यालयमा ओलीको तस्विर सहितको साइनबोर्ड राख्ने, प्रतिनिधीसभा पछि विघटित अवस्थामा पुगेको साविक नेकपाको ओली पक्षले दिएका जिम्मेवारीलाई यथावत राख्ने र माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने, भूमिका बिहिन बनाउने र पूर्व माओवादी धारका नेतालाई प्रयोग गरेर आफुहरुलाई तेजोवध गर्ने तयारी गरेको भन्दै नेपाल र खनाल पक्ष आक्रोशित भएका थिए ।  तर ओली पक्षले नेपाल र खनाल पक्ष अहिले हारेर शरण मात्र पर्न आएकोले उनीहरुले ओलीले जे भन्यो त्यही खुरुक्क मानेर जानुको अव विकल्प नरहेको बताउन थालेका छन् ।

चैत १ को केन्द्रीय समिति बैठकमा ओली पक्षले एक मुख लगाएर खनाल र नेपाल पक्षलाई आत्मआलोचना गराउन लगाउने तयारी थालेको छ । उहाँहरुले पहिले आत्मआलोचना गर्नुपर्छ, अब गुटबन्दी गर्दैनौं भन्नुपर्छ, ५ वर्ष नै ओली सरकारलाई टिकाउने गरी जानुपर्छ अन्यथा उनीहरुका गतिविधि पार्टीमा सैहय हुदैन्, ओली पक्षका एक नेताले भने । ओली पक्षले केन्द्रीय समितिमा आत्मआलोचना गराउन खोजेपनि बैठकमा माधव नेपाल पक्षले अब के गर्लान् ? त्यो भने पखाईएको विषय बन्न पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस