दैलेख । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पूर्ववत अवस्थामा फर्काइदिएपछि दैलेखमा नेकपा एमाले गाउँ पसेको छ । साबिकको नेकपाको पूर्व निर्धारित कार्यक्रम र ब्यानरसमेत परिवर्तन गरेर नेकपा एमालेका नेताहरू गाउँ अभियानमा लागेको हुन् ।
दैलेखको पूर्वी क्षेत्रमा पर्ने नौमूले गाउँपालिकामा कार्यकर्ता भेला आयोजना गरिएको छ । सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले आफूहरू पुरानै घरमा फर्किएको बताए ।
कार्यकर्तालाई पनि अलमल नगरी मूल घरमै बस्न उनले आग्रह गरे । नेकपा एमालेका नेता तथा भूमि आयोग दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले अब एमालेलाई गाउँबस्तीमा सुदृढ गराउँदै लैजाने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ फागुन २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी