दैलेख । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पूर्ववत अवस्थामा फर्काइदिएपछि दैलेखमा नेकपा एमाले गाउँ पसेको छ । साबिकको नेकपाको पूर्व निर्धारित कार्यक्रम र ब्यानरसमेत परिवर्तन गरेर नेकपा एमालेका नेताहरू गाउँ अभियानमा लागेको हुन् ।
दैलेखको पूर्वी क्षेत्रमा पर्ने नौमूले गाउँपालिकामा कार्यकर्ता भेला आयोजना गरिएको छ । सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले आफूहरू पुरानै घरमा फर्किएको बताए ।
कार्यकर्तालाई पनि अलमल नगरी मूल घरमै बस्न उनले आग्रह गरे । नेकपा एमालेका नेता तथा भूमि आयोग दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले अब एमालेलाई गाउँबस्तीमा सुदृढ गराउँदै लैजाने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ फागुन २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग