प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव र झलनाथलाई अपराधी भनेपछि...

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १० : १७
प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव र झलनाथलाई अपराधी भनेपछि...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एकाबिहानै एमालेमै फर्किएका माधव नेपाल र झलनाथ खनाललाई अपराधीको संज्ञा दिएका छन् ।

बिहान सामाजिक सन्जालमा लेख्दै थापाले नाम उल्लेख नगरेपनि प्रष्ट रुपमा नेपाल र खनाललाई बुझिने गरी संकेत गर्दै अपराधी भनेका हुन् ।उनले ओलीलाई चारपटक सम्म पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेका अपराधीहरुको अनुहार झलझली सम्झना आईरहेको र दुई तिहाईको सरकारलाई घेराबन्दी गरेर फाल्न न्वारन देखिको बल लगाएकाहरुको अनैतिक हर्कत बिर्सन नहुने भन्दै माधव र झलनाथ प्रति तिखो टिप्पणी गरेका छन् । 

थापाको समाजिक सन्जालमा आएको पछिल्लो यस्तो टिप्पणीले एमालेमै फर्किएर ओली प्रवृतिका विरुद्ध संर्घष गर्ने निचोडमा पुगेका माधव नेपाल र झलनाथ खनाललाई त्यहाँ भित्रको संर्घष झन पेचिलो अवस्थामा गर्नुपर्ने अवस्थामा ल्याईपुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस