भैरहवा । बीमा रकम पाउने लोभमा श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ। हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।
“घरायसी झैँ–झगडा र श्रीमतीको बीमासम्बन्धी विषयका कारण कुशुमको हत्या उहाँकै पति शैलैस र देवर राजेशले गरेको खुलेको हो”– जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले भने, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ फागुन २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण