भैरहवा । बीमा रकम पाउने लोभमा श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ। हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो।
“घरायसी झैँ–झगडा र श्रीमतीको बीमासम्बन्धी विषयका कारण कुशुमको हत्या उहाँकै पति शैलैस र देवर राजेशले गरेको खुलेको हो”– जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले भने, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ फागुन २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या