प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

पत्रपत्रिकाबाट

मंगलबार, २५ फागुन २०७७, ०७ : ३५
प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौं । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो। प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले अवरुद्ध प्रहरी समायोजनका लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला भइसकेकाले समायोजन प्रक्रिया अब नलम्बिने बताए । 

 “समायोजनको सुरुवाती चरणमा जनशक्ति समायोजन हुनेछ। यस सम्बन्धमा गृहकार्य सुरु भइसकेको छ”, उनले भने, “त्यसपछि अन्य प्रक्रिया चरणबद्ध हुनेछन्। सरकारले यसअघि प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेसँगै समायोजन प्रक्रिया रोकिएको थियो। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनको निर्णय बदर भएसँगै निर्वाचन सुरक्षामा जुटेको प्रहरी समायोजन तयारीमा फर्किएको हो।”

सरकारले यसअघि मङ्सिरमा प्रहरी समायोजनसम्बन्धी सङ्गठन तथा व्यवस्थापन  सर्वेक्षण स्वीकृत र समायोजनसम्बन्धी विधेयक एक वर्षअघि नै स्वीकृत गरिसकेको छ।  सर्वेक्षणले केन्द्र (सङ्घ)मा प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा प्रहरी रहने व्यवस्था गरेको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस