काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गर्नुभएको छ । उहाँले आज कारागार कार्यालय चितवनमा रहनुभएका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्दलाई भेट गर्नुभएको हो ।
कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उहाँ कारागारमा हुनुहुन्छ । नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका चन्द्रलाई उपचार गर्नुपर्ने भएपछि यहाँ ल्याइएको हो । दाजुभाइको भेटमा सँगै रहनुभएका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराउनुभएको थियो ।
सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उहाँले दाजुलाई गराउनुभएको थियो । झण्डै आधा घण्टाको भेटमा उहाँले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताउनुभयो । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराउनुभएको थियो ।
नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्वजनिक भएका छन् । यस कारागारमा सो पार्टीका बन्दी चन्द्र मात्र रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ फागुन २०७७, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी