सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो, ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिननै पौने तीन लाखको आवेदन

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ११ : ४५
सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो, ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिननै  पौने तीन लाखको आवेदन

काठमाडौं । सेयर बजारमा पछिल्लो समय यतिधेरै आकर्षण देखिएको छ । शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् ।

सेयर बजारको प्राथमिक बजार आईपीओमा जोखिम कम हुने र नाफा कमाउने सकिने भएकाले सर्वसाधारणको आकर्षण बढ्दो छ । करिब १६ लाख जनाले आईपीओका लागि आवेदन दिने गरेका छन् ।

पछिल्लो पटक खुला भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओका लागि १५ लाख ८५ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् । आईपीओका लागि आवेदन दिनेहरुको यो तथ्यांक हालसम्मै उच्च हो ।

आईपीओका लागि आवेदन दिनेहरुको संख्या भन्दा डिम्याट खाताको संख्या भने दोब्बरले बढी छ । हाल डिम्याट खाताको संख्या करिब ३१ लाख छ । उता दोस्रो बजारमा कारोबार गर्नका लागि अनलाइन सुबिधा लिनेहरुको संख्या भने ४ लाख ४५ हजारमात्रै छ ।

तीन तथ्यांकहरुबीचको खाडल चाहिँ कसरी भयो त ?  सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्नेसीईओ आचार्य यसमा मुलतः चार कारणहरु रहेको बताउँछन् । जसका कारण डिम्याट खाता, आईपीओ आवेदन दिनेहरुको संख्या र दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्यामा ठूलो खाडल देखिएको उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस