काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज कोरोनाको खोप लगाउँदैछन् ।महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओली सहित सम्वैधानिक अंगका सवै प्रमुखहरुलाई पनि आजैकोभिड १९ विरूद्धको खोप दिइने भएको छ । आजैवाट दोश्रो चरणको खोप कार्यक्रम शुरु हुँदैछ ।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरूद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरू हुन लागेको हो । आजैबाट ६५ वर्ष उमेर समुह माथीका जेष्ठ नागरिकहरुले पनि खोप लगाउने कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको छ ।
आइतबार कोभिड– १९ विरूद्धको कोभ्याक्स खोपको पहिलो खेप नेपाल आउँदै छ । भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा लगाउन लागेको सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ फागुन २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली