काठमाडौं । नेकपामा प्रधानमन्त्री केपी ओली पक्ष र पुष्पकमल दाहाल (प्रचण्ड) तथा माधव नेपाल पक्ष दुई धुव्रमा विभाजित भएकै तीन महिना बढी भईसक्यो । ओलीले प्रतिगमनका निम्क्ति चालिएका असम्वैधानिक कदम पछि प्रचण्ड नेपाल समुहले ओलीलाई स्पष्टिकरण सोध्ने देखि पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरिसकेको छ । ओलीलाई कारवाही गरी माधव नेपाललाई अध्यक्ष विधान वमोजिमनै बनाएको छ ।
तर ओली अल्पमतमा परेपनि निर्वाचन आयोगमा सबै आफ्ना मान्छे लगेर भर्ती गर्ने र सेटिङ गर्ने प्रयास गरेर विवादलाई छिनोफानो हुन नदिने र अनिर्णयको बन्दी बनाईराख्ने काम अहिलेसम्म भईरहेको छ । राजनीतिक दलसम्बन्धी ऐनको ब्यवस्था अनुसार विवादका बखत कायम रहेका केन्द्रीय समितिको बहुमत पक्षले पार्टीको नाम, चुनाव चिन्ह लगायतका वैधानिकता पाउने प्रष्ट ब्यवस्था छ । नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिलाई विवाद पछि पनि आधिकारिक संख्या भनेर स्यवं आयोगले नै प्रष्ट पारेको छ । यो संख्या मध्ये झण्डै ३ सयको संख्याका केन्द्रीय सदस्य प्रचण्ड नेपाल समुहमा खुलेका छन् ।
तर पनि आयोगले अल्पमतमा परेको ओलीको प्रभावमा परेर आधिकारिकताको निर्णय दिन ढिलाई गरेपछि आयोगकै पूर्व प्रमुख आयुक्तहरुले सामुहिक रुपमा बोलेका छन् । लामो समय सम्म नेकपाको विवाद निरूपण नगरी अनिर्णित बनिरहदा आयोगको स्वायत्तता र निर्णय क्षमतामै प्रश्न उठेको जिकिर सहित ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले सामुहिक वक्तब्य दिएर आयोगको गरिमा बचाउन आग्रह गरेका हुन् ।
आयोगले अल्पमतमा परेको ओलीको प्रभावमा परेर आधिकारिकताको निर्णय दिन ढिलाई गरेपछि आयोगकै पूर्व प्रमुख आयुक्तहरुले सामुहिक रुपमा बोलेका छन् । लामो समय सम्म नेकपाको विवाद निरूपण नगरी अनिर्णित बनिरहदा आयोगको स्वायत्तता र निर्णय क्षमतामै प्रश्न उठेको जिकिर सहित ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले सामुहिक वक्तब्य दिएर आयोगको गरिमा बचाउन आग्रह गरेका हुन् ।
पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले बुधबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन पूर्व प्रमुखहरुले आयोगलाई भनेका हुन् । सिधै उनीहरुले नभनेपनि प्रचलित कानुन र स्थापित नजिरका आधारमा निर्णय दिन ढिलाई नगर्न भन्नुको अर्थ राजनीतिक दलसम्बन्धी ऐनमा रहेको ब्यवस्थाका आधारमा निर्णय गर भनेर पूर्व प्रमुख आयुक्तहरुले सुझाव दिएका हुन् ।
यसको अर्थ जसको पक्षमा विवाद हुनु अगाडी आयोगमा उल्लेख रहेको केन्द्रीय समितिको नाम छ, त्यसको बहुमत पक्षलाई वैधानिकता देउ भन्ने नै अर्थ हो, एक पूर्व प्रमुख निर्वाचन आयुक्तले सफलखबरसँग भने । आयोगले निर्णय दिन गरेको ढिलाईले अबको नयाँ सरकार गठनमा समेत अलमल देखिदै आईरहेको छ । अब संसदले सरकार गठन गर्न नसकेमा त्यसको सम्पूर्ण दोष पनि निर्वाचन आयोगलाई नै जाने देखिएको छ । यस्तो अवस्थामा निर्णय क्षमता र स्वायक्तताका विषयमा गम्भिर प्रश्न उठने देखेपछि पूर्व प्रमुख आयुक्तहरुले सामुहिक रुपमा वक्तब्य दिएर बोलेका हुन् ।
‘राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भीर बनाएको छ,’ बुधबार पूर्व प्रमुख आयुक्तहरुले जारी गरेको विज्ञप्तिमा छ । पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै नेकपामा विभाजन आएको थियो । विघटनको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिसकेको छ । सर्वोच्चकै आदेशअनुसार फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वान भइसक्दा पनि आयोगले नेकपाको विवादमा निर्णय दिन सकेको छैन् । आयोगले माघ १० गते दुवै समूहले गरेका निर्णय मान्य नहुने उल्लेख गर्दै नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय रहेको र अध्यक्षद्वयमा ओली र दाहाल नै रहेको निर्णय गरिदियो । आयोगको उक्त निर्णयले दाहाल–नेपाल पक्षलाई सजिलो बनाइदियो किनकि ४ सय ४१ मध्ये दुई तिहाइ सदस्य यो समूहमा छन ।
जसको प्रमाणस्वरूप उक्त समूहले २ सय ८७ सदस्यको हस्ताक्षर आयोगमा बुझाइसकेको छ । दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार दलको विवाद निरूपणका लागि माघ २० मा निवेदन दिएको थियो । त्यसको निरूपण आयोगले ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । ऐनको उक्त दफा अनुसार केन्द्रीय कमिटीमा बहुमत रहेको पक्षलाई आयोगले दलको आधिकारिकता दिनुपर्ने हुन्छ ।
तर ओलीले आयोगका पदाधिकारीलाई दिने गरेको दबाब र प्रभावका कारण आयोगले निर्णय दिन आनाकानी गरिरहेको हो । बुधबार मात्रै नेकपाको बहुमतपक्षले आयोगले किन निर्णय दिन ढिलाई गरिरहेको हो भन्ने विषयमा आयोगलाई पत्र लेखेर राय माग गर्ने निर्णय पनि गरेको थियो । पूर्व प्रमुख आयुक्तहरुको वक्तब्य पछि निर्वाचन आयोग अब भने दबाबमा परेको छ । उसले अब संसद अधिवेशन अगाडी नै निर्णय दिन बाध्य हुने अवस्था देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
आयोगमा सुवेदीको उजुरी- मलाई राप्रपाको अनुशासन समितिमा यथावत् बहाल गरियोस् (पूर्णपाठ)
राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी निर्वाचन आयोगमा
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव