काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । उक्त चुनावका लागि आवश्यक सामग्रीहरूको जोहोमा निर्वाचन आयोग लागेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त छ’ उनले भने । उनका अनुसार मतपेटिका पनि शतप्रतिशत छ ।
आयोगका अनुसार मतपेटिका नयाँ खरिद गर्न पर्दैन । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध उजुरी आव्हान
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद